मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

सवारी साधनमा भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित चारजना पक्राउ

देश प्रदेश डेस्क 5408+ समाचार ( )
११ आषाढ २०८२, बुधवार

झापा पछिल्लो समय निजी सवारी साधन प्रयोग गरी लागूऔषध कारोबार गरिरहेको पाइएको छ । झापाको भद्रपुरबाट ठूलो परिमाणमा निजी सवारी साधनबाट लागूऔषधसहित चारजना कारोबारीलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट, बेलकोटगढी नगरपालिका वडा नम्बरर १३ का ३१ बर्षीय  साजन तामाङ् सोही स्थानका ३०बर्षीय सजिन लामा, ३३ बर्षीय दिपेश लामा र वडा नम्बर ११ का २३ बर्षीय राम तामाङ् रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो २ बजे भद्रपुर वडा नं. ७ आनिमार्गमा बा.प्र०१–०२५ च ०८७७ नम्बरको हुण्डाइ कम्पनिको क्रेटा कारलाई रोकी चेकजाँच गर्दा गाडीभित्र लुकाइछिपाई राखिएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो पदार्थ २०० ग्राम ३९० मिलिग्राम फेला परेको जिल्लाका एसपी राजन लिम्बुले जानकारी दिए ।
 घट्नापछि  प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाइ सार्वजनिक गरिएको थियो  । उनीहरुको साथबाट चारथान मोवाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाइ लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूरको अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट सातदिन म्याद  थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यसैक्रममा प्रहरीले असार ७ गते  पनि भद्रपुर ५ बाट बा.प्र ०१–०३० च ७७९३ नम्बरको नेटा इभि गाडीमा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित काठमाडौँ महानगरपालिका २६ का २४ बर्षीय निवेश कुँबेर र लम्जुङ् कोलासोतार गाउँपालिका ७ का २२ बर्षीया नोजिना रानालाई भद्रपुर ५ भन्सार चोकबाट नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको उनले जनाए । त्यसैगरी वैशाख ३१ गते गौरीगञ्ज ३ गौरीगञ्ज बजारबाट लागूऔषध कारोबारमा संलग्न दमकका भूपेन्द्र राई ,भारतीय नागरिक भोला ठाकुर र मोनाजिर आलमलाइ १०० ग्राम ०९० मिलिग्रामसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ना.१ च ११६२ नम्बरको हुण्डाई आई टेन कार र १ भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार