मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

बिर्तामोड – भद्रपुर सडक निर्माणमा स्थानीय जुर्मुराए

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२९ माघ २०८०, सोमबार

झापा कालोपत्रे सडक निर्माणको माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेको विषयलाइ लिएर सोमबार भएको छलफलमा सडक निर्माणमा सवै एकजुट हुने भएका छन् ।
 विर्तामोड – भद्रपुर सडक खण्ड अन्र्तगत देउनिया खोला देखि चन्द्रगढी भैरब चोकसम्मको सडक प्रक्रिया अघि बढाउन सरोकारवालासहित स्थानीय जनप्रतिनिधि सहमत भएका हुन् ।
भद्रपुर १० नम्बर वडा कार्यालयमा साेमबार भएकाे छलफलमा  भद्रपुरका मेयर गणेश पोखरेलले सडकका विषयमा जानकारी गराएका थिए । छलफलमा उपस्थित सरोकारवालाहरुले जनप्रतिनिधिमाथि गुनासा र सुझाव राखेका थिए ।
बृहत छलफलपछि सरोकारवालामध्येबाट सञ्जय श्रेष्ठ, टिका काम्वाङ, रविन कार्की, सन्दिप सोनार, लोकेन्द्र बहादुर श्रेष्ठ ,निग्मानन्द शाह(शंकर) र उत्तम तुलाधर रहनेगरी सात सदस्यीय सहजीकरण समिति चयन गरेको छ । यसैगरी  सडक निर्माणमा सहयोग पुर्याउने, तत्काल सडकमा धुलो रोमथाम लगायतका उपाय अपनाउने, मुआब्जाका लागि सम्बन्धित निकायमा पहल गर्ने , सरोकारवाला, प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन प्रमुख, नगरपालिका लगायत तत्काल वैठकवसी समस्या समाधान गर्ने निर्णय गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिए । समस्यालाइ बुँद्दागत रुपमा लिएर केन्द्रमा पठाउने उनले बताए । सडक जसरी पनि निर्माण गरिने उनले दाबी गरे ।
ठेकेदारले सडक निर्माणमा वेवास्ता गरेको भन्दै स्थानीयले आइतबार लेखनाथ चोकको सडक अवरुद्ध पारेका थिए ।

सडक बन्द गराएपछि भद्रपुर नगरका मेयर पोखरेलसहित जनप्रतिनिधिले छलफलका लागि अनुरोध गरेपछि सडक खुला गरिएको थियो ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार