मुख्य समाचार
रसुवाको बाढीमा सम्पर्कविहीन सशस्त्र प्रहरीको संख्या १३ पुग्यो | रसुवा बाढीपछि गोसाइँकुण्ड यात्रामा गएका ३४ यात्रु बेपत्ता | रसुवा बाढी : ७ जनाको शव फेला, नुवाकोटमा ३ र धादिङमा ४; बेपत्ताको खोजी तीव्र | रसुवा बाढीकाे वितण्डता : यस्तो छ पछिल्लो अपडेट | रसुवामा भीषण बाढीको वितण्डा : स्याफ्रुबेँसीदेखि टिमुरेसम्म ठूलो क्षति | प्रहरी एक्सनपछि बिर्तामोड बसपार्कका होटलका सटर बन्द | आँखा अस्पतालको गेटमै होटलवालाले सोध्छन्‌–लड्की चाहिए? | दमकको होटलमा नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा दुई पक्राउ | सैनिकमोडको होटलमा प्रहरीको ‘बीग अपरेशन’ , १३ जना पक्राउ | अवैध रुपमा नेपाल छिर्न खोज्ने अफगानी पूर्वी नाकामा पक्राउ |

रसुवाको बाढीमा सम्पर्कविहीन सशस्त्र प्रहरीको संख्या १३ पुग्यो

देश प्रदेश डेस्क 5399+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

झापा / रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि सम्पर्कविहीन सशस्त्र प्रहरीको संख्या १३ पुगेको छ। चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोशी नदीमा मिसिएपछि टिमुरे, रसुवागढी र आसपासका क्षेत्रमा ठूलो क्षति भएको छ।

सशस्त्र प्रहरीका अनुसार रसुवागढीमा कार्यरत ९ जना र मैलुङ क्षेत्रमा कार्यरत ४ जना गरी १३ जना सशस्त्र प्रहरी कर्मचारीसँग सम्पर्क हुन सकेको छैन। यसअघि टिमुरे क्षेत्रमा कार्यरत चार जना मात्रै सम्पर्कविहीन भएको जानकारी सार्वजनिक भएको थियो।

बाढीका कारण टिमुरे र स्याफ्रुबेँसी बजारमा समेत ठूलो क्षति पुगेको छ। टिमुरेस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट भने सुरक्षित रहेको तर ड्युटीमा खटिएको टोलीसँग सम्पर्क हुन नसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन्।

सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले टोली परिचालन गरेको छ। बाढीका कारण कतिपय क्षेत्रमा सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले घटनाको विस्तृत विवरण संकलनमा कठिनाइ भइरहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार