मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |
मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |


गिटी बालुवाका कारण झापामा उल्टा काँडा झार फैलिदै

देश प्रदेश डेस्क 5084+ समाचार ( )
२२ पौष २०८१, सोमबार

 झापा झापाका नदीहरुबाट ल्याइएको नदीजन्य सामग्रीका कारण लज्जावती झारजस्तै देखिने विदेशबाट भित्रिएको ‘उल्टा काँडा’ नामक मिचाहा प्रजातिको झार फैलिरहेको पाइएको छ । झारका कारण जैविक विविधता,खेतीयोग्य जमिन, सडक र पशुपालनमा सङ्कट थपिदै गएको पाइएको हो ।
भद्रपुर नगरपालिका र फरेस्ट एक्सनको सहकार्यमा गरेको स्थलगत अनुगमनमा भद्रपुरका सबै वडामा फैलिएको तथ्य फेला परेपछि यसको नियन्त्रण अभियानमा भद्रपुरले नगरपालिकाले  चासो देखाएको छ । नगरले १८ गतेबाट नगर भित्र रहेका १० वटै वडामा टोल विकास संस्था, स्थानीय , विभिन्न सङ्घ संस्था,राजनीतिक दल ,जनप्रतिनिधि,कर्मचारी लगायतको उपस्थितिमा छलफल जारी राखेको छ ।
फरेस्ट एक्सन नेपाल झापाकी फिल्ड कोडिनेटर(व्यवस्थापक) मुना भट्टरार्ईले भद्रपुर भित्र यस्ता मिचाहा प्रजातिका विषयमा विभिन्न सरोकारवालामाझ जानकारी गराउँदै आइरहेकी छन् ।  
 झापाको टिमाइ, विरिङ, रतुवा, मावालगायतका खोला किनारबाट ल्याइने बालुवासँगै यसको विज गाउँबस्तीमा फैलिनेक्रम बढेर गएको उनको भनाइ छ । अधिकांश सामुदायिक वन, सहरका नयाँ घडेरी क्षेत्र र सडक किनारमा यसले रैथाने झारलाई विस्थापित गरिरहेको उनले जानकारी गराइन् ।
उनका अनुसार वैज्ञानिक नाम ‘मिमोसा डिप्लोट्राइका’ रहेको यो आगन्तुक झारलाई स्थानीयले ‘उल्टा काँडा’ भन्ने गर्छन् । लज्जावती झारसँग मिल्दोजुल्दो यो झारको पात, डाँठ र फूलमा मिमोसिन नामक विषालु रसायन हुने भएकाले उल्टा काँडाको घाँसझुस हुन्छ भने यसको घाँस खाएका पशु बिरामी भएर मर्ने गरेको उनको भनाइ छ । यसको झुस र काँडा बिझेमा पशु र मानिसको शरीरमा चिलाउने र घाउ बन्ने गर्दछ । यसलाइ नियन्त्रणमा लिन कात्तिक महिना प्रभावकारी हुने उनले बताइन् । कोसा लागिसकेपछि नियन्त्रणमा लिँदा आगो लगाउँदा बिउ माटोमा झरेमा पचाँस बर्षसम्म उमर शक्ति रहने उनले बताइन् । यसको डाँठमा उल्टो परेको काँडा हुने भएकाले स्थानीयले यसको नाम नै ‘उल्टा काँडा’ भन्ने गरेको उनको भनाइ छ । जैविक विविधता जोगाउन यस्ता मिचाहा झारको नियन्त्रणको खाँचो औल्याउँदै अभियानकै रुपमा आइरहेको उनले बताइन् । भुटानी शरणार्थी शिविरको घेराबाराका लागि यसको बीज ल्याएर छरिएको र त्यहीँबाट फैलिएको अनुसन्धानले देखाएको उनले बताइन् । हाल पूर्वी नेपालमा मात्र यो पाइएको उनको भनाइ छ । ‘उल्टा काँडा’ बहुवर्षीय मिचाहा प्रजातिको झार हो । यसको बोट हरेक वर्ष फैलिरहन्छ । यसको उद्गम थलो अमेरिकी महाद्वीप मानिएको छ । दुई दशकअघिदेखि नेपालमा यसले फैलिन थालेको अनुसन्धानकर्ताको भनाइ छ ।
अरेली काँडाको जस्तो काँडा र लज्जावतीको जस्तो पात हुने यसको झाडी तीव्रगतिमा फैलिन्छ । खोलाको किनार, बगर, खुला ठाउँ, जङ्गल, सडक छेउछाउ र ढुङ्गा बालुवा छरिएको ग्राभेल बाटोमा यो जताततै भेटिने गर्छ । खोलाबाट ढुङ्गा र बालुवा ल्याइएको कारण सहरका घडेरी र सडकमा यसको झाडी फैलिएको विज्ञहरुको भनाइ छ ।
यसले खेतबारीमा फैलिएर अन्नबाली र चरन क्षेत्र मास्ने गरेको पाइएको छ । डिभिजन वन कार्यालयले उल्टा काँडा झार नियन्त्रण गरौँ,किसानहरुको थप क्षति हुनबाट रोकौँ भन्ने नारा लगायत विभिन्न जनचेतना जगाइरहेको छ ।
यो अभियानमा भद्रपुर नगरका वन तथा वातावरण व्यवस्थापन शाखा प्रमुख नेत्रसाद पोखरेल सहजीकरण गर्दै आइरहेका छन् । अभियानमा सम्बन्धित वडाका जनप्रतिनिधि एवम कर्मचारीले वडावासीलाइ उपस्थित गराइ मिचाहा प्रजातिका वनस्पति प्रजातिका बारेमा जानकारीमूलक छलफल तथा नष्ट गर्ने काम गरिरहेका छन् ।

यसैबिचमा भद्रपुर ७ नम्बर वडा कार्यालयले सोमबार  आयोजना गरेको कार्यक्रममा कार्यपालिका सदस्य सीता गुराँगाइको अध्यक्षतामा भएको छलफल कार्यक्रममा अभियान्ता मुना भट्टरार्ई,वडाअध्यक्ष अभिषेक ढुङ्गानाले औचित्यमाथि प्रष्ट पारेका थिए । भद्रपुर नगरका वन तथा वातावरण व्यवस्थापन शाखा प्रमुख नेत्रसाद पोखरेल र वडा सचिव ललिता थापाले सहजीकरण गरेका थिए । कार्यक्रममा जलथल सव डिभजन प्रमुख कुलप्रसाद भट्टराइ ,टाेल  विकास संस्था, स्थानीय लगायतकाे उपस्थिति रहेकाे थियाे । छलफलपश्चात मिचाहा प्रजातिका झारलाइ यसरी नष्ट गर्ने भन्दै देखाइएको थियो  ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार