मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

जंगली हात्ती नियन्त्रणका लागि वैज्ञानिक परामर्शमा झापाका सांसद

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ चैत्र २०८२, बुधवार

झापा / जंगली हात्तीको बढ्दो आतंक नियन्त्रणका लागि झापा क्षेत्र नं. १, ३ र ४ का सांसदहरूले वैज्ञानिक तथा विज्ञहरूसँग परामर्श सुरु गरेका छन्।

झापा क्षेत्र नं. १ का सांसद निशा डाँगी, क्षेत्र नं. ३ का सांसद प्रकाश पाठक र क्षेत्र नं. ४ का सांसद शम्भु ढकालले संयुक्त रूपमा विज्ञहरूसँग छलफल गर्दै दीर्घकालीन समाधान खोज्ने पहल गरेकाे क्षेत्र नं. ३ का सांसद पाठकले जानकारी दिए ।

हात्तीका कारण बाली नष्ट हुने, घरमा क्षति पुग्ने तथा स्थानीय बासिन्दाको ज्यान जोखिममा पर्ने समस्या दिनप्रतिदिन बढ्दै गएपछि सांसदहरू चिन्तित भएर याे कार्यामा अगाडि बढेका हुन्। छलफलका क्रममा हात्ती नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन, आधुनिक प्रविधि र स्थानीयस्तरमै लागू गर्न सकिने उपायबारे गहन विमर्श गरिएको जनाइएको छ।

सांसदहरूले सरकारलाई सुझाव दिँदै मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि समन्वित संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। विद्युतीय बार (इलेक्ट्रिक फेन्सिङ), प्रारम्भिक चेतावनी प्रणाली, हात्ती आवागमन मार्ग (करेडोर) संरक्षण तथा प्रभावकारी क्षतिपूर्ति वितरण प्रणालीलाई प्राथमिकता दिनुपर्ने उनीहरूको धारणा छ।

“हात्तीका कारण जिल्लावासीले भोग्दै आएको पीडा तत्काल सम्बोधन गर्नु आवश्यक छ,” सांसदहरूले बताएका छन्, “सरकारसँग समन्वय गर्दै दीर्घकालीन र वैज्ञानिक समाधान कार्यान्वयन गरिनेछ।”

साथै, प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने र दीर्घकालीन नीति निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

विशेषज्ञहरूले वन क्षेत्रको अतिक्रमण, हात्तीको प्राकृतिक मार्ग अवरोध र मानव बस्ती विस्तारका कारण द्वन्द्व बढेको उल्लेख गर्दै वैज्ञानिक र दिगो उपाय अपनाउनुपर्ने सुझाव दिएका छन्।

झापामा पछिल्ला वर्षहरूमा जंगली हात्तीको समस्या झन् जटिल बन्दै गइरहेको अवस्थामा सरोकारवाला निकायबीच समन्वय र प्रभावकारी कार्यान्वयन नै समाधानको आधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार