मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

अरु दललाई पछिपार्दै समानुपातिकतर्फ पनि रास्वपाको अग्रता

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना जारी रहँदा समानुपातिकतर्फको मतगणना पनि सुरु गरिएकाे छ। प्रारम्भिक मतपरिणामले यसपटक समानुपातिकतर्फ नयाँ राजनीतिक शक्ति अगाडि देखिएको संकेत देखाएकाे छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार हालसम्म गणना भएको कुल २८ हजार ३४० मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ हजार ७२६ मत प्राप्त गर्दै पहिलो स्थानमा अग्रता कायम गरेको छ।

त्यसपछि दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले हालसम्म ४ हजार ९८७ मत प्राप्त गरेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ हजार ५३६ मतसहित तेस्रो स्थानमा रहँदा प्रमुख वामपन्थी दल नेकपा (एमाले) भने १ हजार  ८०२ मतसहित चौथो स्थानमा सीमित भएको छ।

प्रारम्भिक मतपरिणामले प्रत्यक्षतर्फ उल्लेख्य सिटमा प्रतिस्पर्धा गरिरहेको रास्वपाले समानुपातिकतर्फ पनि परम्परागत ठूला दलहरूलाई पछि पार्दै बलियो उपस्थिति देखिएकाे छ।

शीर्ष चार दलपछि अन्य साना राजनीतिक दलहरूले पनि केही सयको संख्यामा मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीले ६८६ मत ल्याउँदै पाँचौँ स्थानमा पुगेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ५६४ मत प्राप्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार