प्रधानमन्त्री कार्की कोशी प्रदेश भर्मणमाः निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी

Desh Pradesh News 1+ समाचार ( )
३० माघ २०८२, बिहीबार

झापा /  अन्तरिम सरकारका प्रधानमन्त्री सुसिला कार्की काेशी प्रदेशकाे भ्रमणमा आएकी छिन् । निर्वाचनकाे तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिन आएकी हुन् ।

 कार्कीले कोशी प्रदेशका निर्वाचनसँग संवद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छिन् । 

सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोशी प्रदेशको अवस्थाका बारेमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायव महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लका मुख्य निर्वाचन अधिकृतहरु, नेपाली सेना, सशस्त्र प्रहरीका, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु, प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेकी छिन् ।

कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोसी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा विस्तृत जानकारी गराएका थिए। प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै आउँदा दिनमा पनि सबै निकायबीच समन्वयका साथ अघि बढ्न र चुस्त दुरुस्त व्यवस्थापन गर्न निर्देशन समेत दिएकी छिन्

यसअघि आजै प्रधानमन्त्री कार्कीले सोलुखुम्बुका नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा पनि निर्वाचनको तयारी र वस्तुस्थितिको बारेमा जानकारी लिएर इटहरी आएकी हुन्

कोशी प्रदेशका १४ जिल्लामा २८ निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदैछ । कोशी प्रदेशमा निर्वाचनका लागि ५१ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै