मुख्य समाचार
रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना |

तीनवटा भाटभटेनी शाखामा भेटियाे ११ जनाकाे शव

देश प्रदेश डेस्क 5409+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

झापा / जेनजीकाे आन्दाेलनका क्रममा सबैभन्दा बढी क्षति पुगेकाे निजी व्यापारीक प्रतिष्ठान भाटभटेनी सुपर स्टाेरमा हाल सम्म ११ जनाकाे शव फेला परिसकेकाे छ ।

विराटनगरकाे भाटभटेनी सुपर स्टाेरमा साेमबार थप एक जनाकाे शव भेटीएपछि स्टाेरमा शव भेटेनिकाे सङ्ख्या ११ पुगेकाे हाे ।मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सोमबार विराटनगरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुलेको छैन।

भदौ २४ को प्रदर्शनका क्रममा धरानस्थित भाटभटेनीमा भएको आगजनीमा चार जना, काठमाडौंको बाैद्धमा छ जना र विराटनगरमा एक जनाको शव भेटिएको छ।

विराटनगरस्थित भाटभटेनीको इलेक्ट्रोनिक्स विभाग रहेको दोस्रो तल्लामा उक्त कंकाल भेटिएको हो। कंकाल प्रदर्शनकारीको हुनसक्ने प्रहरीले अनुमान छ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा आगजनी र लुटपाटका क्रममा विराटनगरको भाटभटेनीभित्र सयौं व्यक्ति प्रवेश गरेका थिए। सामान लुटपाटका लागि प्रवेश गरेका व्यक्तिहरू आगजनी भएको थाहा नपाएर बाहिर निस्कन ढिलो गर्दा जलेको हुनसक्ने जनाइएको छ।

आगजनीबाट पूर्ण रूपमा जलेको भाटभटेनीभित्र त्यहाँ कार्यरत कर्मचारीहरूले सफाई गर्ने क्रममा शव जलेको अवस्थामा कंकाल भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

त्यस्तै, शवको पहिचानका लागि फरेन्सिक जाँचको प्रक्रिया अघि बढाइएको जनाइएको छ। 

हालसम्म भाटभटेनीमा भेटिएका ११ वटै शवको पहिचान भने खुल्न सकेको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार