मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

पहिचानवादीसँग आज पुनः वार्ता हुँदै

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

झापा । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ । हिजो पहिलो दिन भएको वार्ता सकारात्मक रहेको दुवै पक्षले प्रतिक्रिया दिएका छन् ।

विराटनगरको होटल बिगमा हिजो दिउँसो ४ बजेदेखि वार्ता टोलीबीच छलफल शुरु भएको थियो । सरकारको तर्फबाट निर्माण भएको वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ‘हिजोको छलफलमा आ–आफ्ना कुरा राख्ने काम भएको छ,’ उनले भने, ‘आज बिहान ८ बजे पुनः बस्ने गरी आजलाई सकिएको छ । छलफल सकारात्मक छ ।’

उता संघर्ष समितिको तर्फबाट वार्तामा सहभागी युवराज राईले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ‘हिजो दुवै पक्षबीच आ–आफ्ना कुरा राखियो । उहाँहरुको तर्फबाट केही विकल्पसहित आउन भन्नुभएको छ । हामी थप छलफल गरेर आज बिहान बस्छौं,’ उनले भने ।

कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री जबेगू संयोजक तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी वार्ता समिति बनाएको थियो ।

उता, संघर्ष समितिको तर्फबाट भने डकेन्द्र सिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगू र चन्द्रकुमार चौधरी रहेका थिए ।कोशी प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यसको विरुद्धमा पहिचानवादीहरु आन्दोलनरत छन् । उनीहरुले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार