मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

कतारमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको फैसला

देश प्रदेश डेस्क 5408+ समाचार ( )
१० कार्तिक २०८०, शुक्रबार

कतारको दोहामा पक्राउ परेका आठ पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।  भारतको विदेश मन्त्रालयले कतारको फैसलाबाट स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतीक्षामा रहेको जनाएको छ।

‘कतारको कोर्ट अफ फर्स्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ’, विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतिक्षामा छौँ ।’

विदेश मन्त्रालयले यो घटनालाई उच्च महत्त्व दिने भन्दै सबैका परिवारलाई कुटनीतिक तथा कानूनी सहायता प्रदान गर्न जारी राख्ने बताएको छ। ‘हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौँ, उसले भनेको छ, ‘यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त हुने छैन ।’

सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो । नयाँ दिल्लीले ती आठ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो । 

मार्चको अन्त्यमा ती भारतीय नागरिकको मुद्दामा पहिलो सुनुवा गरिएको थियो । त्यसपछि ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै