मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापामा पाँच महिनामा ६५ वटा चेक बाउन्सका मुद्दा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

झापाझापामा चेक बाउन्सका मुद्दा बढेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो पाँच महिनामा ६५ वटा यस्ता प्रकृतिका मुद्दा दर्ता भएका छन् ।

सबैभन्दा बढी असोज र मंसिरमा १८/१८ वटा चेक बाउन्सका मुद्दा दर्ता भएका छन् । त्यस्तै, साउनमा १२, भदौमा ८ र कात्तिकमा ९ वटा मुद्दा दर्ता भएको छ ।

दर्ता मुद्दामध्ये साउन र असोज र कात्तिकका दुईदुईवटा मुद्दा किनारा लागेका छन् । विदेश पठाइदिने, जग्गा मिलाइदिनेलगायतका नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पर्ने गरेका छन् ।

घटनामा संलग्न ५४ पुरुष र ९ महिला गरी ६३ जना अझै पनि प्रहरी नियन्त्रणबाहिरै छन् ।  पाँच महिनामा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष ०७९/०८० मा २४३ वटा र ०७८/०७९ मा १४६ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए ।

सामान तथा सेवाको भुक्तानी नदिने, व्यावसायिक साझेदारीका नाममा धोका दिनेजस्ता घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा पुग्ने गरेका छन् ।

फिल्म बनाउन पैसा हाल्न लगाएर निर्माताले नै ठगी गरी खातामा पैसा नभई दिएका चेकसम्बन्धी घटनासमेत जिल्लाका पालिकास्तरीय न्यायिक समितिमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार