मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

झापा सामुदायिक सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न,हेराैँ तस्वीरमा
झापा सामुदायिक सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

झापा झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेड भद्रपुर–७ चन्द्रगढीको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष हरिप्रसाद गौतमको सभापतित्व तथा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा शनिबार चन्द्रगढीमा सम्पन्न भएको हो ।
अध्यक्ष गौतमले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । संस्थाले गत आर्थिक वर्ष २०७९। ८० मा १ करोड २ लाख ४९ हजार ४ सय ६५ रुपैयाँ ८४ पैसा आम्दानी गरी २२ लाख ८७ हजार १ सय ८१ रुपैयाँ २६पैसा बचत गरेको जनाएको छ । त्यसैगरी चालु  आर्थिक वर्ष २०८० । ८१ का लागि १ करोड ७८ लाख १० हजार आम्दानीको लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट बचत, ऋणी, अनिवार्य बचत र एक वर्षे आवधिक बचत  कर्ता पुरस्कारमा क्रमश पुरुषोत्तम पोखरेल, मेरी चौधरी, हिमादेवी कुईकेल धमला र गोमा पौड्याल घिमिरेलाइ सम्मानसिहत पुरस्कृत गरिएको थियो । त्यसैगरी वर्ष ८३ की हरि कुमारी पोखरेल र ८१ वर्षका विष्णुप्रसाद सिवाकोटीलाई जेष्ठ सदस्य सम्मानबाट सम्मानित गरिएको थियो भने कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने विकल्प कोइराला , सुष्मिता कुमारी चौधरीलाइ नगदसहित शेयर सदस्य सन्तती पुरस्कार प्रदान गरिएको थियो ।

समितिका उपाध्यक्ष भरत पोखरेलले स्वागत गरेको कार्यक्रममा राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी र प्रादेशिक बचत तथा ऋण सहकारीका अध्यक्ष घनश्याम अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समितिका सह–सचिव मिनप्रसाद पोखरेलले गरेका थिए ।

यता संस्थामा रिक्त रहेको सचिव पदमा वर्तमान सह–सचिव पोखरेललाइ ,सदस्य ससिम पोखरेललाइ सह–सचिवमा,बजार व्यवस्थापन तथा सदस्यता विस्तार उपसमिति संयोजक ज्वालाप्रसाद निरौलालाइ सदस्य पदमा र निरौलाको पदमा विमला गौतम भट्टराइलाइ बन्द शत्रले सर्वसम्मत चयन गरि पूर्णता दिएको गठित उप निर्वाचन समितिका संयोजक विवेक पोखरेलले जानकारी दिए । संस्थामा हाल १३ सय ३३ महिलासहित २४ सय ५२ शेयर सदस्य रहेका छन् ।

संस्थाले ७ वटा एकाईमा विभाजन गरी असोज ६ बाट १२ गतेसम्म एकाई गत साधारण सभा सम्पन्न गरी एकाईबाट छनोट भएका शेयर सदस्यबाट मूल साधारण सभा सम्पन्न गरेको संस्थाका व्यवस्थापक आनन्द खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार