मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

खाेटाङमा हावाहुरीले ५२ घरको छाना उडायो, नगरपालिकाले बनाइदिने

देश प्रदेश डेस्क 5416+ समाचार ( )
५ चैत्र २०८२, बिहीबार

झापा / खोटाङको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा चैत २ गते साँझ आएको हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पुर्‍याएको छ ।

हावाहुरीबाट पीडित भएकाहरुलाई नगरपालिकाले जस्ता पाता वितरण गर्ने भएको छ । हावाले घरको छानामा पूर्ण रुपमा क्षति पुर्‍याएका परिवारलाई जस्ता पाता प्रदान गर्ने तयारी नगरपालिकाले गरेको हो ।

हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पुर्‍याएको नगरपालिकाको तथ्यांक छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १२, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका २८, लेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३ र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ५ घर परिवारलाई जस्ता प्रदान गरिने मेयर बिमला राईले जानकारी दिइन् ।

छानाको सिंगो पाटो उडाइदिएपछि खुला आकाशमुनि बस्न बाध्य पीडितलाई नगरपालिकाले तत्काल जस्ता उपलब्ध गराउने तयारी थालेको हो । विपद् व्यवस्थापन कोषबाट जस्ता खरिद गरेर पीडितलाई प्रदान गर्ने नगरको योजना छ ।

थप राहत रकम चैत ९ गतेको हिउँदे सभामार्फत बजेट संशोधन गरेर जुटाइने मेयर राईले बताइन् । हावाहुरी पीडितलाई घरको साइज अनुसार जस्ता प्रदान गर्ने नगरपालिकाले जनाएको छ । हाललाई नगरपालिकाले ३१ परिवारलाई त्रिपाल बाँडेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै