मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

अहिलेसम्म २४ वटा चिया उत्पादनले मात्र व्यापारिक चिन्ह ‘ट्रेड मार्क’ पाए

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२८ अशोज २०८१, सोमबार

झापा नेपालमा उत्पादित अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यापारिक चिन्ह ‘ट्रेड मार्क’ लागू भएको लामो समय बित्दासमेत थोरै उद्योगले मात्र व्यापारिक चिन्ह पाएका छन् । नेपालका करिब एक सय अर्थोडक्स चिया कारखानामध्ये अहिलेसम्म २४ वटा चिया कारखानाका उत्पादनले मात्र व्यापारिक चिन्ह ‘ट्रेड मार्क’ पाएका हुन्।

उत्पादनको अति न्यून परिमाणमा मात्र तेस्रो देशहरूमा नेपालको चिया निर्यात हुने गरेको छ । व्यापारिक चिन्ह जति धेरै उद्योगले लिए त्यति नै धेरै चिया बजारीकरणमा एकरुपता आउने उद्योगीहरूको भनाइ छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार ट्रेड मार्क पाउनेमा अधिकांश इलामका चिया उद्योगहरू रहेका छन्। इलामका १९ वटा उद्योगले तयारी चियाको ट्रेड मार्क पाएका हुन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत इन्द्र अधिकारीका अनुसार नेपालका २४ वटा अर्थोडक्स चिया उद्योगले उक्त व्यापारिक चिन्ह प्राप्त गरेका छन्। नेपालमा एक सयभन्दा बढी साना–ठूला अर्थोडक्स चिया उद्योग छन्।

पहाडी भूभागमा उत्पादन हुने र तेस्रो मुलुकहरूमा समेत निर्यात हुने नेपालको अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजारमा निकै माग बढेको चिया उद्योगी बताउँछन्। उक्त चिया निकै महंगो मूल्यमा बिक्री हुने गर्दछ। तर, अन्य देशहरूमा ट्रेड मार्क दर्ता गर्ने कामले निरन्तरता नपाउँदा एउटै ट्रेड मार्कमा नेपालको चिया निर्यातमा समस्या देखिएको छ।

नेपालको करिब ६५ लाख केजी तयारी अर्थोडक्स चियाको ९० प्रतिशत हिस्सा भारतका मण्डीमा लगेर बेच्नुपर्छ। त्यसलाई निरुत्साहित गर्न चिया उत्पादनको मापदण्ड पूरा गर्दै व्यापारिक चिन्ह प्रदान गरेर अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहुँच बढाउन खोजिएको चिया तथा कफी विकास बोर्डका पदाधिकारी बताउँछन्।

नेपालमा उत्पादित अर्थोडक्स चियाले बर्षेनि औसतमा करिब तीन अर्ब रुपैयाँ आर्जन गरिरहेको चिया उद्योगीहरु बताउँछन्। तेस्रो मुलुकहरूमा नेपालको चियाको पहुँच बढाउनसके अर्थोपार्जन अझ बढ्ने उनीहरू बताउँछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार